काठमाडौं – डेढ बर्षभित्र महानगर क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियान सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा त्यस्ता पदार्थको पूर्ण प्रतिबन्ध लगाउने र विक्री बितरण समेत संकुचित पार्न त्यस्तो अभियान सुरु गरेको हो ।
स्वस्थ शहर कार्यक्रम अन्तर्गत यस्तो योजना ल्याइएको उपमेयर खड्गीले बताएकी छन् । त्यसका लागि महानगरले चरणबद्ध रुपमा गर्ने कार्यक्रम तयार पारेको उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन् ।
शहरमा धूम्रपान तथा सुर्तीजन्य वस्तुको बढ्दो प्रयोग घटाएर स्वस्थ एवं स्वच्छ शहर निर्माण गर्ने उद्देश्यले कार्यक्रम थालनी गर्न लागिएको खड्गीले बताइन् ।
FACEBOOK COMMENTS