काठमाण्डौँ — तनहुँ जलविद्युत आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् ।
आयोजनाको ड्याममा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ को वेतनीको जग्गाको मुआब्जाप्रति स्थानीयले आपत्ति जनाएका छन् ।
तनहुँ जलविद्युत आयोजना प्रभावित संघका तर्फबाट अध्यक्ष तेजराज थपलियाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै मुआब्जा निर्धारण समितिले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन् ।
जिल्ला मुआब्जा निर्धारण समितिले जग्गाको प्रकृति हेरेर प्रति रोपनी साढे ९ लाखदेखि २० लाखसम्म मूल्य निर्धारण गरेको थियो ।
त्यस्तै पहिरोमा परेको जग्गाका लागि प्रति रोपनी २ लाख ४० हजार निर्धारण भएको थियो ।
परापूर्वकालदेखि चलि आएको १५ फुटे बाटोमा पर्ने घडेरीयुक्त जग्गाको वास्तविक मूल्य प्रति आना झण्डै १० लाख हुनुपर्नेमा मुआब्जा निर्धारण समितिले हचुवाको भरमा मूल्य निर्धारण गरेको जनाइएको छ ।
निर्माण कार्य दुई महिनापछि शुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS