अन्जनराज न्यौपाने
तनहुँ, १६ अषाढ -जिल्लाको व्यास नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा उक्त कोरोना पुिष्ट भएको हो । योसंगै तनहुँमा कोरोना संक्र्मिमतको संख्या १ सय २४ जना पुगेको छ ।
ब्यास नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका ३ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरी कोरोनालाई जितेर निकोे भई घर फर्किनेको संख्या तनहुँका विभिन्न स्थानहरुमा १६ पुगेको छ भने सोमबार मात्रै जिल्लामा थप १० जना कोरोना सक्रमित थपिएका छन् । तनहुँको बन्दिपुर गाउँपालिकाका ९ जना र १ जना घिरिङ गाउँपालिकाका गरि सोमबार तनहुँमा १० जना कोरोना संक्रमित थपिएका हुन ।
बन्दिपुर गाउँपालिकामा थपिएका ९ जना मध्ये ४ जना अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी र ५ जना भने भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको प्रमुख जिल्ला अधिकारी बद्र्ीनाथ अधिकारीले जानकारी दिए ।
FACEBOOK COMMENTS