काठमाडौं, भदौ २१ – तनहुँको व्यास नगरपालिकाले सार्वजनिक यातायातका संचालन गर्न अनुमति दिएको छ ।
नगरपालिकाले यही भदौ २१ गतेदेखि नगर क्षेत्रभित्र बिहान ७ बजेदेखि साँझ ६सम्म सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो। स्वास्थ्य मापदण्ड पालना गर्दै क्षमता अनुसार यात्रु राखीतोकिएको भाडादरमा सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिएका छन् ।
गृहमन्त्रालय र छिमेकी पालिकाहरुले तोकेको विषयहरुमा सोही बमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र मात्र सार्वजनिक यातायात संचालन हुनेछन्।
पहिलो पटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो ।
भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो ।
FACEBOOK COMMENTS