काठमाडौं, २७ वैशाख – नेकपाका कार्यकर्ता अबिरल पोखरेलले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री केपी शर्मा अोलीलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गर्दै फेसबुक मार्फत सार्वजनिक रुपमा अपिल गरेका छन् । पोखरेलले अोली वरिपरिका मानिसहरुका कारण अोलीले बदनामी खेप्नु परेको आशय ब्यक्त गर्दै भ्रस्टहरुलाई पाखा लाउन सुझाव दिएका छन् ।
पोखरेल लेख्छन्…… #सम्माननिय_प्रधानमन्त्री_ज्यु ! केही कुरा नलेखी मनै मानेन । म तत्कालिन एमालेको सामान्य कार्यकर्ता । अनि, हाल नेकपा प्रती आस्थावान मलाइ न कुनै राजनितिक नियुक्ती लिनु छ, न त हजुरको नाम अनि सङ्गै खिचिएको तस्बिर देखाएर कतै चन्दा असुली नै गर्नु छ । न त, तपाईं अनि अर्का अध्यक्ष प्रचण्ड कमरेड बिच जुधाएर आफू कुनै भर्याङ नै उक्लनु छ । या भनौ हजुर दुइबिच बैमानस्यता सृजना गरेर या त अनेकौ प्रोपोगन्डा रचेर आफू शक्तिमा नै रहनु छ । हजुरले १४ साल जेल जीवन बिताउनुभो त कमरेड प्रचण्डले भुमिगत जीवन । हजुरहरु दुबैले नेपाल अनि नेपाली जनताकै लागि आजसम्म आफ्नो अमुल्य जीवन धारमा राखि आज सत्तामा त्यो पनि दुइतिहाइ सहित कम्युनिष्टको झन्डा मुनि मैले यो लेखिरहदा हजुरको वरपर रहेका अनि हजुरको नाम बेचेर खान पल्केका केही भ्रष्ट जमातलाइ घोच्ने कुरामा म राम्रैसङ्ग जानकार छु । कमरेड रातोलाइ सेतो भन्न हामी अन्धा होइनौ, न त बहिरा नै । हजुरले जनतालाई देखाउनुभएको मार्ग केही हद पक्कै पूरा हुँदै नै थियो र छन तर हालको यो बिपदमा जे खिचडिहरु पाकेका छन् सन्चार माध्यममा हेरिरहेको छु त्यो दुखद लाग्छ । जनता सबैको तपाइमाझ पहुच हुदैन । हेर्ने सुन्ने सन्चारमाध्यम अनि रेडियो नै हो । नेपालमा मन्त्रीपिच्छे प्रेस सलाहकार, प्रधानमन्त्रीका प्रेस सल्लाहकारको त झन यति चुरिफुरि देखियो, देखिन्छ छ कि बाफ रे तिनले मेरो मात्रै देश हो झैं गरेको केहि बोल्नुपर्दा रैतीलाई दबाउने जस्तो लेखेको देखिन्छ. अरु मुलुकमा प्रम बोल्दा के हुन्छ भनेर धेरै पहिले चासो राख्छन । यता त्यस्तो कहिल्यै सुनिन्न । राष्ट्रपतीको प्रेस सल्लाहकार र प्रवक्ता एकै ब्यक्ति भएका पनि सुनियो ।
धेरै नागरिकले प्रधानमन्त्रीका सल्लाहाकारलाइ चिन्दापनि चिन्दैनन् किनभने जनतालाई चिन्नुपर्ने खाँचोनै हुन्न । चिन्नेगरि खासै देखिँदैनन् पनि । जे बोल्ने हो बोल्यो, त्यसपछि कहिँकतै उपस्थिति देखिन्न । हाम्रोमा यो रमितेहरुलाइ चिन्नुस हजुरको इच्छाशक्ति अनि केही गरौ भन्ने चाहानालाई सलाम । तर, घरैभित्रको भ्रष्ट दलाललाइ चिन्नुस । तपाईंको नाममा एउटा वडा देखि केन्द्रसम्म ब्रम्हलुट मच्चाईरहे कार छन, प्रधानमन्त्री ज्यु । माहामारीको बेला त सबैसँग हातेमालो गर्ने बेला हो । राजनितीक किचलो झिकेर भस्ट्रलाई साथ दिएको सुन्नुपर्दा त अति नै भो । हुनेखानेले मात्र मोज गरे प्रम ज्यु हुदा मात्र खानेले कहिले पाउँछन् ?
FACEBOOK COMMENTS