काठमाडौ, कात्तिक १३ – ताइवानमा बिहीबार लडाकु जहाज दुर्घटना हुँदा १ जना पाइलटको मृत्यु भएको छ। नियमित अभ्यासका क्रममा रहेको एफ-इफाइभ लडाकु जहाज पूर्वी तटीय क्षेत्रमा दुर्घटनामा परेको समाचार संस्था एएफपीले जनाएको छ। ताइवानमा तीन महिनाअघि पनि यस्तै दुर्घटना भएको थियो।
टेक अफ हुनासाथ इन्जिनमा समस्या भएपछि २९ वर्षीय पाइलट छु कुवाङ मेङले हाम फालेका थिए। उनलाई समुद्रबाट अचेत अवस्थामा उद्धार गरिएको थियो तर बचाउन सकिएन।
एफ-इफाइभ पुरानो मोडलको लडाकु जहाज हो। यसको डिजाइन सन् १९६० तिर गरिएको थियो।
जहाज दुर्घटनामा परेपछि उक्त मोडलका सबै जहाज ग्राउन्डेड गरिएको ताइवान एयर फोर्सका प्रमुखले जानकारी दिएका छन्।
गत जुलाइमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई जना चालक दलका सदस्यको मृत्यु भएको थियो।
FACEBOOK COMMENTS