काठमाण्डौँ — नेपाल विद्युत् प्राधिकरणले तोकिएको शर्त र समयअनुसार काम नगरेको भन्दै तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का रद्द गरेको छ ।
यो प्रसारण लाइनको काम चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेञ्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त रुपमा गर्दै आएका थिए ।
ठेक्का सम्झौताअनुसारको काम नगरेपछि प्राधिकरणले चिनियाँ कम्पनीको ठैक्का रद्द गरेको आयोजना प्रमुख नवराज ओझाले बताए ।
प्राधिकरणले ठेकेदार कम्पनीसँग २०७३ असोज ११ मा ठेक्का सम्झौता गरी २०७६ जेठ १२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
— राजधानी
FACEBOOK COMMENTS