काठमाण्डौँ — माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गरिरहेको भारतीय ठेकेदार कम्पनीलाई सरकारले हटाउने तयारी थालेको छ।
दोलखाको लामाबगरमा निर्माणाधीन चार सय ५६ मेगावाटको आयोजना निर्माणमा संलग्न चार विदेशी ठेकेदार कम्पनीमध्ये हाइड्रो मेकानिकल तर्फको जिम्मा पाएको भारतीय कम्पनी टेक्सम्याको इन्जिनियरिङलाई हटाउन लागेको हो।
टेक्स म्याको तयारी पेनस्टक पाइप जडान कार्यमा चरम ढिलासुस्ती गरेका कारण आयोजना नै पछाडि धकेलिने अवस्था आएपछि उसलाई ठेक्का जिम्मेवारीबाट हटाएर त्यहीं कार्यरत अर्को विदेशी ठेकेदार कम्पनीमार्फत बाँकी काम सक्ने तयारीमा ऊर्जा मन्त्रालय लागेको छ।
विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनीमार्फत निर्माण भइरहेको आयोजनाबाट आगामी असारदेखि बिजुली बाल्ने लक्ष्य सरकार र प्राधिकरणको छ।
उसले बाँकी काम सक्न सहजीकरण गर्ने गरी जवाफ दिएमा आयोजनामै कार्यरत अस्ट्रियन कम्पनी एन्ड्रिजज हाइड्रोलाई सुम्पने तयारी आयोजनाको छ।

सहजीकरण नगरे ठेक्का तोडेर भए पनि एन्ड्रिजलाई दिने तयारी मन्त्रालयको छ।

— नागरीक