काठमाण्डौँ — स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बर पुग्ने भएको छ।
सुरुमा ३५ अर्ब २९ करोड लागतमा सम्पन्न हुने भनिएको आयोजनाको लागत अहिले बढेर करिव ७० अर्ब पुग्ने देखिएको हो।
आयोजना निर्माण सम्पन्न हुने अवस्थासम्म व्याजसमेत जोड्दा करिव ६९ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए।
३५ अर्ब लागत लाग्ने भनिएको आयोजना पुरा हुँदा ६९ अर्ब लाग्ने अनुमान, समय पनि चार वर्ष धकेलियो।
लागत मात्र होइन, आयोजना निर्माणको अवधिसमेत चारवर्ष पछाडि धकेलिएको छ।
२०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको आयोजनाको २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य थियो।
तर भूकम्प, नाकाबन्दीलगायत विभिन्न अवरोधले आयोजनाको समयावधि दुईपटकसम्म थपिसकिएको छ।
कात्तिकसम्म आयोजनाबाट ब्यापारिक रुपमा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको श्रेष्ठले बताए ।
— नागरीक
FACEBOOK COMMENTS