काठमाण्डौँ — दुई दिनमै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयरका लागि २ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ ।
कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड रुपैयाँको साधारण सेयर बिक्री सुरु गरेको छ ।
दुई दिनमा ३ अर्ब ८० करोड रुपैयाँको आवेदन परेको छ ।
बिहीबारदेखि बिक्री सुरु भएको साधारण सेयरमा शुक्रबार दिउँसोसम्ममा १ लाख १६ हजारले आवेदन दिएका छन् ।
जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बिक्री सुरु भएको दुई दिनमै मागभन्दा २ अर्ब २२ करोड रुपैयाँ बढीको आवेदन परेको हो ।
कम्पनीले कात्तिक १९ गतेसम्म साधारण सेयर बिक्री गर्ने समय तोकेको छ ।
यो अवधिसम्म करिब छ गुणाको आवेदन पर्ने अनुमान छ ।
कम्पनीले गत बुधबार मात्रै दोलखाबासीका लागि बिक्री गरेको साधारण सेयरको बाँडफाँट गरेको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS