काठमाण्डौँ — संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बनाएको उपसमितिले तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हस्तान्तरणमा अनियमितता भएको निष्कर्ष निकालेको छ ।
उपसमिति संयोजक अग्नि सापकोटाले जग्गा, शेयर र होटल निर्माणको खर्चमा अनियमितता भएको निष्कर्षसहित सभापति पवित्रा निरौला खरेललाई प्रतिवेदन बुझाएका हुन् ।
संसद् सचिवालय स्रोतका अनुसार, जग्गाको स्वामित्व हस्तान्तरण गरी रजिष्ट्रेसन पास गर्नु गलत भएको निष्कर्षमा उपसमिति पुगेको छ ।
मालपोत ऐनको व्यवस्थाविपरीत सरकारी जग्गा तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको भन्दै उपसमितिले १५० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन आवश्यक निर्णय गर्न सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ ।
सुरुमा २९ वर्षका लागि दिइएको लिज पछि संशोधन गरी ४९ वर्षसम्मलाई बढाइएको भेटिएको भन्दै उपसमितिले त्यसलाई सम्पूर्ण जग्गा हडप्ने प्रपन्च भनी टिप्पणी गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS