काठमाडौं, कात्तिक ४ – केन्द्र सरकारले कोरोना परीक्षण (पीसीआर) नि:शुल्क नगर्ने र होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि परिवारले नै गर्ने निर्णय गरेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने नगरपालिकाले आफैले जिम्मा लिने निर्णय गरेको छ ।
कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नगरवासीको कोरोना जाँच (पीसीआर परीक्षण) र मृतको शव व्यवस्थापनको जिम्मा लिने निर्णय गरेको हो ।
यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो भने पीसीआर सरकारले गर्दै आएको थियो ।
FACEBOOK COMMENTS