काठमाण्डौं – एन आई सी एशिया बैंकले तिहार छठको अवसरमा थप सुविधा ल्याएको छ ।
अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।
एन आई सी एशिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै नेपालभरी एक ठाउँबाट अर्को ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ ।
उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ ।
यस सुविधा कात्तिक र मङ्सीर महिनासम्मको लागि लागू हुनेछ ।
FACEBOOK COMMENTS