३०, साउन, काठमाडौं । नेपालीहरुले कहिलेदेखि चिउरा खान थाले भन्ने कुनै अभिलेख पाइन्न । तर परम्परागत नेवारी खाजामा चिउराको प्रयोग प्रमुख रहनुको अर्थ नेपालमा चिउरा खाने प्रचलन ऐतिहासिक रहेको अनुमान गर्न सकिन्छ । देशका अधिकासं क्षेत्रमा अहिले पनि खाजाका रुपमा चिउराको प्रयोग गरिन्छ ।
हामीले चिउरा खाँदा सडेर गन्हाएको, घुन लागेको, धुलो परेको, कोही रातो त कोही कालो एवम् धानको बियाँसहितका तथा चाम्रा चिउरा पटक पटक हामीले झेल्दै आएका छौँ । तर अब भने चिउराका पारखीले यस्तो समस्या झेल्न नपर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा पहिलो पटक नेपालमा खाईने चिउराको गुणस्तर तोकेको छ ।
FACEBOOK COMMENTS