काठमाडौँ, भदौ २८ – त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने काठमाडौंका ३ जना र सिन्धुपाल्चोकका एकजना पुरुष रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा। सन्तकुमार दासले कोरोनाबाट मृत्यु भएका तीनजनामा मधुमेह, मिर्गौलालगायत विभिन्न दीर्घरोग रहेको र एकजना कोरोना संक्रमणकै कारण मृत्यु भएको जानकारी दिए । उनका अनुसार शनिबार बिहानदेखि आइतबार बिहानसम्मको अवधिमा चारजनाको मृत्यु भएको हो ।
FACEBOOK COMMENTS