काठमाडौं,चैत ६- त्रिभुवन विश्वविद्यालयको आज बसेको कार्यकारी परिषदको बैठकले त्रिविका सबै परीक्षा र पठन पाठन स्थगित गर्ने निर्णय गरेको छ ।
त्रिविले कोरोना भाइरसको जोखिमको संक्रमणलाई रोकथाम गर्नका लागि शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिविले एक सूचना जारी गर्दै चैत ७ गतेपछि हुने त्रिविका सबै संकाय र सबै तहका परीक्षा स्थगित गरिएको जनाएको छ ।
FACEBOOK COMMENTS