काठमाण्डौँ — माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले असारसम्ममा विद्युत् उत्पादन गर्ने गरी निर्माणमा तीव्रता दिएको छ ।
रसुवामा बाँध र नुवाकोटमा विद्युत्गृह रहेको आयोजनाको क्षमता ६० मेगावाट छ ।
अहिले विद्युत्गृह, बाँधस्थल, बालुवा थिग्राउने र पानी बग्ने क्यानल निर्माणको काम धमाधम भइरहेको छ ।
आयोजनाले अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।
आगामी असारसम्ममा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले बताए ।
सन् २०११ मा आयोजना निर्माण सुरु भएको हो ।
— कान्तिपुर
FACEBOOK COMMENTS