काठमाडौं, बैशाख १० – नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४५ पुगेको छ। धरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना पोजेटिभ पाइएको हो ।धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनीहरुको अहिले धरानमा उपचार भइरहेको छ।
यस्तै आज थप दुईजना कोरोना संक्रमणबाट स्वस्थ भई घर फर्किएका छन् । योसँगै कोरोना संक्रमित ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकुका ३२ वर्षीय पुरुष रहेका छन् । त्यसै गरी ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
FACEBOOK COMMENTS