काठमाडौँ, भदौ २८ – पछिल्लो २४ घण्टामा १,०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर १०३९ जना कोरोना संक्रमित देखिएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रीय संक्रमितको संख्या १५, ११७ रहेको छ । यस मध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७, ७३०जना रहेका छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७, ३८७ छ । २४ घण्टामा ९,१६५ पीसीआर परीक्षण भएको छ।
FACEBOOK COMMENTS