काठमाडौँ ।पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९७ जनामा कोराना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको पिसिआर र ४ हजार ३२१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार जना र एन्टीजेटमार्फत ७१३ जना संक्रमित पुष्टि भएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७७२ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ३ हजार १३० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमित निको भइसकेका छन्।
FACEBOOK COMMENTS