काठमाडौं । पछिल्लाे २४ घण्टामा ८६७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएकाे ५५९८ नमुनाको पीसीआर परिक्षण गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन परिक्षण गर्दा २०८ जनासहित ८६७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
जसमा काठमाडौंमा १६४, ललितपुर ६५ र भक्तपुरमा २६ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
मन्त्रालयका अनुसार याे अवधिमा ११२३ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोना संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ ।
जसमा १६ हजार ३७१ जना होम आइसोलेसनमा र १२७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५० जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
FACEBOOK COMMENTS