काठमाडौँ– दक्षिण एशियामै पहिलो पटक क्रसबोर्डर पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको हो ।
नेपाल र भारत दुवै देशका प्रधानमन्त्री एकैसाथ स्विच थिचेर पाइपलाइनको औपचारिक रुपमा उद्घाटन गरे।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नो कार्यालयबाट स्विच थिचेपछि मोतिहारीबाट पाइपलाइन हुँदै तेल अमलेखगन्ज आउने नेपाल निगमले जनाएको छ ।
३० महिनामा सक्ने लक्ष्य राखिएको परियोजना करिब डेढ वर्षमा नै सकिएको हो।०७४ चैतमा दुवै देशका प्रधानमन्त्रीले दिल्लीमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेका थिए।
भारतिय आयल निगमका कार्याकारी निर्देशक जिपी सिन्हाले यो पाइपलाइन साउथ एसियामै पहिलो हो यसले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएका छन् । ३० महिनाको महिनाको यो प्रोजेक्ट नौ महिना अगाडी नै सकिनु भनेको यो ठुलो उपलब्धी भएको उनको भनाई छ ।उनले ९ किलोमिटर जङ्गल फालेर पनि अन्य विभिन्न काम सकेर यती छिटो काम हुन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।
प्रती घन्टा २९४ किलोलिटर तेल पाइपबाट आउँछ। इपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने छ। तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ। अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्।
४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्। ती ट्याङ्कीमा तेल भरेर राखिएको छ। मंगलबारदेखि पाइप २ सय ७५ करोड लागत लागेको छ ।
यसको क्षमता १ करोड ६० रहेको छ । यस पाइप लाईनबाट तेल ल्याउदा चार सय वटा ट्याङकर विस्तापित हुने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।
FACEBOOK COMMENTS