काठमाण्डौँ — दक्षिण कोरियाली सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको गुणस्तर अभिवृद्धि गर्न नेपाललाई ५५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे ।
सहयोग रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका प्रशिक्षकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा खर्च हुनेछ ।
— कान्तिपुर
FACEBOOK COMMENTS