काठमाडौं, चैत १८ – दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ। सुर्खेतका गगन रावलको कोरियामा हृदयघातका कारण मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ।
उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको हो। प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार राति एक्कासी ठूलो आवाजमा गगन चिच्याएका थिए।
त्यसपछि हेर्न जाँदा उनी भुइँमा बेहोस भेटिएका थिए। दक्षिण कोरियामा ४ बर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए।
FACEBOOK COMMENTS