काठमाण्डौ– दशैंका लागि ३० करोड मूल्य बराबरको फलफूल आयात हुँदैछ ।
अन्य समयको तुलनामा दशैंमा फलफूलको माग दोब्बर हुन्छ ।
दशैंमा चीनबाट करिब २० करोडको स्याउ आयात गर्ने व्यवसायीले तयारी थालेका छन् ।
नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष काशिराम सापकोटाका अनुसार नेपालमै उत्पादन हुने स्याउले बजार मागको १० प्रतिशत मुस्किलले धान्न सक्छ । बाँकी ९० प्रतिशत पूर्ति गर्न आयात गर्नुको विकल्प नभएको उनको भनाई छ ।
‘
नेपालमा उत्पादन हुने केराले माग धान्न सक्दैन । यसवर्ष भारतबाट केरा गर्ने तयारीमा लागिसकेका छन् व्यवसायीहरु । नेपालमा खपत हुने मध्ये ६० प्रतिशत केरा भारतबाट नै आयात गरिन्छ ।
व्यवसायीका अनुसार दशैँको बेलामा मात्रै २ हजार टनको हाराहारीमा नेपालमा फलफूल भित्रिन्छ । स्याउ र केराबाहेक सुन्तला, अंगूर लगायत फलफूल पनि विदेशबाटै आयात हुन्छ ।
फलफूल खेतीका प्रयास भएपनि निर्यात त परको कुरा, आन्तरिक माग धान्न सक्नेगरी समेत उत्पादन भएको छैन ।
FACEBOOK COMMENTS