काठमाडौं– दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जनाएको छ ।
चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्ने गरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ ।
यस पटक पनिमेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म चल्ने आयोजकले बताएको छ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ ।
मेलामा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सय भन्दा बढी स्टलहरु रहने इभेण्ट सोलुसन प्रा.लिका बजार निर्देशक नविन भट्टले भने ।
FACEBOOK COMMENTS