काठमाडौँ, असोज २४ – टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चाडपर्व लक्षित गर्दै आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीले यो ‘दशैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ भन्ने स्लोगनका साथमा दशैं अफर योजना ल्याएको हो।
योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद र बुकिङमा ग्राहकहरुले हात खाली नजाने आकर्षक उपहार पाइने कम्पनीले जनाएको छ। टाटाको ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, विङ्गर, पिकअप, एसर म्याजिक लगायत गाडी किन्दा वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्टफोन, ट्याबलेट उपहार पाउने कम्पनीले जनाएको छ। त्यो बाहेक पनि ग्राहकले एक वर्षको फ्री सर्भिस कुपन समेत पाउने कम्पनीले जनाएको छ।
गाडी बुकिङ गरे पनि विभिन्न उपहार पाउने कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत ३० जना भाग्यशाली ग्राहकले बम्पर उपहार पाउने कम्पनीले जनायो। सिप्रदी कमर्सियल गाडीका महाप्रबन्धक अनुपमणि ढकालका अनुसार सधैंजसो दसैंलाई लक्षित गरेर योजना ल्याइएको छ।
सिप्रदीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यमा व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा सरल र सहज रूपमा दिइरहेको जनाएको छ। सहुलियत कर्जाका कम्पनीले आफ्ना कम्पनीका प्रतिनिधिको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ । जसमा १६६००१५५७७७ र ९८०१५७५७७७ रहेको छ ।
FACEBOOK COMMENTS