हरेक बर्षझै दशैको टिका शुरु भयेकोछ । आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ भई कोजाग्रत पुर्णिमाको दिनसम्म मनाईने यो पर्वको टीका शुरु भयेकोछ । टीका मान्यजनको आर्शिबाद हो ।
पौराणिक मान्यता
देबि दुर्गाले बिनासकारी दानब महिषासुरको बध गरेर धर्मको स्थापनाको साथै असत्यमाथीको यो बिजयलाई नै मानब जातिले दश दिनसम्म धार्मिक अनुष्ठान गरी सत्यको पुर्नस्थापना भएको दिनको रुपमा सम्झन्छन, र देबी प्रति आदरभाव दर्शाउने यो उत्सव हो भन्नु उचित हुन्छ । दशैको प्रशंग रामायणसँग पनि जोडिन आउँदछ । मर्यादा पुरुषोत्तम रामले राक्षष रावणको बध गरेपछि धर्ममाथि भएको बिजयपनि धुमधामसँग मनाईएको पर्वसँग धर्मको रक्षा भएबाट सम्पुर्ण जगतले हर्षबाणी गरेको घट्नासँग सम्बन्ध राख्दछ । जेभएपनि दशै चाडले मानिसलाई सद्बुद्धि प्रदान गरी अनुशासन र मर्यादाको पाठ सिकाई धर्मप्रति निष्ठाभाव राख्न मार्गनिर्देश गर्दछ र हालसम्म गरिएको छ पनि । यसै अर्थमा बडा दशैको मुल्य र मान्यता अलौकिक छ, अमर छ र शनातनी छ । दशै पर्व प्रकृति पुजनको बिषयसँग पनि निकट रुपमा तादाम्य राख्दछ । धार्मिक बिश्वासका साथ प्रयोगमा ल्याईने अक्षता जमरा, रातो अबिर चढाईने फुलमाला एबं पिपलका पातले यसै प्रशंगको संकेत गर्दछ । यर्थाथमा प्रकृति देबि पनि नवदुर्गाको एक बिशिष्ट स्वरुप हुन नै जसको अनुकम्पले बृष्टिद्धारा धर्तिबाट अन्न उब्जाउन सुगम बनाईदिनुहुन्छ । धानबाली भित्राईने संघारमा आएर दशै मनाउनु धर्तीमाताप्रति न्यौछावर गरिएको अगाध भक्ति र समपर्णको द्योतक हो भन्न सकिन्छ ।
FACEBOOK COMMENTS