काठमाण्डौँ —नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेको छ ।
सरकारले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नलिएको जनाउँदै अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको हो ।
‘इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन ४८ घण्टाभित्र फिर्ता लिन आग्रह गरेका तर, सरकारबाट कुनै सुनुवाई नभए कारण अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको महासंघका महासचिव सरोज सिटौलाले बताए ।
महासंघको बिहीबार पदाधिकारीबीच छलफलमा अग्रिम टिकट बुक नगर्ने निर्णय भएको हो ।
सरकारले पटक पटक मूल्यवृद्धि गरेकाले सवारी साधन चलाउन सक्ने अवस्था नभएको उनले जानकारी दिए।
अग्रिम टिकट बुकिङ नभएपनि सवारी साधन भने दैनिक सुचारु हुने महासंघले जनाएको छ।
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भने टिकट बुकिङ हुने दाबी गरे।
यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले पनि दसैंको प्रि बुकिङ शुक्रबारबाटै खुल्ने दाबी गरे
—कान्तिपुर
FACEBOOK COMMENTS