काठमाण्डौँ — दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ ।
यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हुदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको छ ।
उत्पादन आसपासका नागरिकको स्वास्थ्यलाई कुनै असर नपर्ने गरी उद्योग सञ्चालनमा ल्याएको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले बताए ।
दैनिक एक हजार ८०० टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योग स्थापना गर्न रु एक अर्ब ६० करोडको लगानी रहेको पाण्डेले बताए ।
उद्योगले दाङको काभ्रे, लोहरपानी, स्यूजा, रोल्पाको डुब्रिङ र प्यूठानको रम्दीबाट चुनढुङ्गा ल्याउने गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS