काठमाडौं,४ फागुन- देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौँ सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथमा आन्तरिक पर्यटकको वृद्धि एवम् विकास गर्ने लक्ष्यका साथ उक्त बस सेवाले दैनिक दिक्तेलबाट एकवटा र काठमाडौँबाट एकवटा पर्यटक बस शुरु गरेको हो ।
दिक्तेलस्थित होटल शुभदिनमा औपचारिक कार्यक्रमको आयोजना गरी पर्यटक बसको उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले रिबन काटेर पर्यटक बस सेवा उद्घाटन गर्नुभयो ।
FACEBOOK COMMENTS