काठमाडौं, कात्तिक १६ – अब झनै संक्रमण फैलिन सक्ने पूर्वानुमान गरिरहेका छन्। उपत्यकालगायत देशभर अब चिसो मौसम सुरु भएको र केही दिनयता काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको अनुभव हुदै जाँदा विगतका यस वर्षहरुमा भन्दा यसपटक चिसो मौसम निकै चुनौतीपूर्ण रहेको बताएका छन्।
गत वर्ष चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण हाल विश्वभर फैलिरहेको छ। गर्मीको समयमा नियन्त्रणमा रहेको सो भाइरस चिसो बढेका देशहरुमा चिसोसँगै तीव्र गतिमा वृद्धि हुन थालेको छ। जसले गर्दा केही देशले पुन लकडाउन घोषणा गरिसकेका छन्।
यता, नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएका बेला चिसो मौसम सुरु भएको छ। यसले ठूलो विपत्ति ल्याउने चिकित्सकहरुले पूर्वानुमान गरेका छन्। तथ्याङकले पनि नेपालमा कोरोना भाइरसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरु धेरै जोखिमा रहने र चिसो मौसमले पनि यस्ता मानिसलाई बढी असर गर्ने हुँदा संक्रमण तीव्र रुपमा फैलिरहेको बेलामा चिसो मौसम झनै जोखिमपूर्ण रहेको बताइएको छ।
कोरोना भाइरसले पनि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउने र निमोनिया गराई मृत्यु हुने भएकाले निमोनियाविरुद्धको खोप लगाउन चिकित्सकहरुले सुझाव दिएका छन्।
त्रिवि शिक्षण अस्पतालमा छातीरोग विशेषज्ञ डा निरज बमका अनुसार चिसोमा वृद्धवृद्धा र दीर्घरोगीलाई विशेष ख्याल गर्नुपर्ने जानकारी दिए। उनका अनुसार ६० वर्षमाथिका वृद्धवद्धालाई बचाउन निमोनियाविरुद्धको खोप लगाउन सल्लाह दिइने उनले बताए।
श्वासप्रश्वास रोगीका लागि जाडो समय अत्यन्तै कष्टकर मानिन्छ। रुघाखोकीको जोखिमबाट बच्न इन्फ्लुएन्जाको खोप लगाउन सकिन्छ। यसले भाइरसबाट बच्न मद्दत गर्छ।
FACEBOOK COMMENTS