काठमाण्डौँ — दुई वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले योजना अघि बढाएको छ ।
प्राधिकरणको बाँकी रहेको दुई वर्षको समयावधिलाई लक्षित गर्दै प्राधिकरणले निजी आवास निर्माणका साथै अन्य भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको योजना निर्माणअघि बढाएको हो ।
भूकम्प र पुनर्निर्माणबारेको बहसमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पञ्चवर्षीय विपद्पछिको पुनर्निर्माण प्रतिवेदनको मध्यावधी समीक्षा गरेर दुई वर्षभित्र पुनर्निर्माणको कार्य सम्पन्न गर्ने गरी योजना निर्माण गरिरहेको जानकारी दिए ।
भूकम्पबाट ७ खर्ब बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदन निकालेको सरकारले पुनर्निर्माणका लागि पीडीआरएफमा ९ खर्ब ३८ अर्ब लाग्ने उल्लेख गरेको थियो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने लागतको समेत पुनः समीक्षा गर्दा ६ सय ५० देखि ७ खर्बमै पुनर्निर्माणको काम सम्पन्न हुने देखिएको जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS