काठमाण्डौँ — खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको काममा गरेको अवरोध हटाएको छ।
धितुङका स्थानीय र दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाबीचमा सोमबार तीन बुँदे सहमती भएपछि दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको काममा स्थानीयको अवरोध हटेको हो।
स्थानीयसँग समन्वय नगरी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमामा पर्ने ३ सय मेगावाटको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको पावरहाउस र सुरुङ निर्माणका लागि भौगर्भिक अध्ययनको काम सुरु गरिएको भन्दै स्थानीयले पुस २० गतेदेखि आयोजनाको काम ठप्प बनाएका थिए।
द्धिपक्षीय छलफलमा दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनकाक्रममा धितुङमा पावरहाउस निर्माण गर्नुपर्ने अवस्थामा सामाजिक उत्तरदायीत्वका सम्पूर्ण काम सोही ठाउँका स्थानीयलाई दिएर आयोजना सञ्चालन गर्ने लगायतका सहमति भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए ।
— नागरीक
FACEBOOK COMMENTS