काठमाडौं, पुस १३ – दुबइको अल् फर्दानबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा २ लाख उपहार पाइने भएको छ। सिटी एक्स्प्रेस मनी ट्रान्सफर र अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा यस्तो योजना ल्याइएको हो।
उक्त योजनाअनुसार ल्याइएको ‘दशैं तिहार बम्पर धमाका’ अन्तर्गत दिपक राम टमाटाले दुई लाख जितेका छन्। सोही योजनाअनुसार पैसा पठाउँदा दोस्रो विजेता स्वरूप उनले दुई लाख जित्न सफल भएका हुन्।
यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो। जस अन्तर्गत सिटी एक्स्प्रेसबाट पैसा पठाएर ८ जनाले कलर टिभी, ४ जनाले माईक्रोवेभ ओभन, ४ जनाले ब्लेन्डर, ५ जनाले राईस कुकर र ६ जनाले इलेक्ट्रिक केट्टल जस्ता घरेलु उपकरणहरु जितेका छन्।