काठमाडौं, पुस १ – दुवै मृगौलामा समस्या देखिएका गोरखा बोर्लाङ्गका निशान श्रेष्ठ “गणेश” को उपचारका लागि कतारमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपालीहरुले सहयोग संकलन गरेर पठाइएको कतारबाट मोहन श्रेष्ठले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएकाले परिवारले सहयोग अपिल गरेसँगै सहयोग रकम जुटेको हो ।
उनलाई देश विदेशबाट साथीहरुले सहयोग रकम पठाइरहेको र त्यतिले मात्र नपुग्ने भएकाले थप सहयोग रकमका लागि अपिल गरेको परिवारले जनाएको छ । निशानको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
‘भाइको दुवै मृगौलाले काम गर्न छोडेको छ । अब मृगौला फेर्नु बाहेक अन्य उपाय छैन , आफन्तले मृगौला दान गर्न सहयोग त गर्ने हुनु भएको छ, त्यसका लागि खर्च अभाव हुने भयो ।’- गणेशका दाजु युवक श्रेष्ठले भने ।
सहयोग गर्न इच्छुक व्यक्तिले ९८४६५९२८६५ र ९८२३२२९३१९ मा सम्पर्क गर्न सकिने पनि परिवारले जनाएको छ ।
FACEBOOK COMMENTS