काठमाडौँ – विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ठिक नभएको सरोकारवालाले बताएका छन् ।
दूध, माछा र माहुरीपालनमा विदेशी लगानी ल्याउन नहुँने उद्योगी व्यवसायीको माग छ ।
सरकारी तथा निजी क्षेत्रका सङ्घसंस्था तथा सरोकारवाला व्यवसायीले दूध, माछा र मौरीमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई मार्गप्रशस्त गर्न खोजिए यस क्षेत्रमा संलग्न २० लाख नेपाली बेरोजगार हुने बताएका छन् ।
दूध, माछा र माहुरीपालनमा नेपाल आत्मनिर्भर हुँदै गएको भन्दै यी क्षेत्रमा विदेशी आवश्यक नभएको बताएका हुन् ।
सरकारको नीति तथा कार्यक्रममा एक वर्षमा अण्डा, दोस्रो वर्षमा माछा र तेस्रो वर्ष दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना छ । हाल अण्डाबाहेक माछा र दूध नेपालमा आयत भैरहेको छ ।
निजी क्षेत्रको डेरी उद्योग एशोसिएशन तथा सरकारी क्षेत्रको दुग्ध विकास संस्थानले पशुपालन, माछा र माहुरीपालनमा वैदेशिक लगानी आवश्यक नरहेकाले विधेयक संशोधन गर्नुपर्ने धारणा अघि सारेका छन् ।
FACEBOOK COMMENTS