काठमाडौं, चैत ६ – नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने भएको छ । साइबर सेक्युरिटी ल्याब स्थापना गर्न प्राधिकरणले बुधबार आशयपत्र माग गरेको छ । टेलिकम सेवा प्रदायकको सुरक्षाका लागि प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्न लागेको हो । ल्याबबाट साइबर सुरक्षा सम्बन्धि अध्ययनका साथै तालिम पनि प्रदान गरिनेछ ।
इच्छुक तथा योग्यता पुगेका परामर्शदाताले थप जानकारी तथा आशयपत्र सम्बन्धि डकुमेन्ट प्राधिकरणको केन्द्रीय कार्यालयबाट निःशुल्क पाउन सक्ने छन् साइबर सेक्युतिटी ल्याबले टेलिकम क्षेत्रको कम्प्युटर सिस्टममा आउने विभिन्न आकस्मिक खतराहरुलाई समाधान गर्ने रेस्पोन्स टिमको रुपमा काम गर्नेछ ।
प्राधिकरणका अनुसार परामर्शदाता छनोका लागि ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र बाँकी १० प्रतिशत क्षमतालाई आधार बनाइने छ । आशयपत्र बुझाउने समय आगामी चैत १९ गतेसम्म तोकिएको छ ।
FACEBOOK COMMENTS