काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् ।
राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् ।
तर देउवाले भने आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेकाले सो धारा उल्लेख गर्नुपर्ने अडान राखेका छन् ।
यस्तो राष्ट्रपति कार्यालयले जारी गरेको प्रधानमन्त्री नियुक्तिसम्बन्धी विज्ञप्ति–
FACEBOOK COMMENTS