अन्जन राज न्यौपाने /मदन तिमल्सेना
तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ ।पृथ्वीराजमार्ग दाशढुङ्गाबाट दक्षिण पट्टी पर्ने देवघाट जाने पक्की पुल कालीमाटी नजिकैको स्थानमा सडक साघुरो हुदाँ पोखरा तर्फ हिडेको उक्त टुटेन सडक बाट करिव ४५ मिटर तल त्रिशुली नदिको किनारमा पल्टिएको हो । दुर्घटनामा एकको प्रहरीको ज्यान गएको छ भने २९ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । सवार ३४ जना मध्ये ३ जनाको अबस्था चिन्ताजनक रहेको छ। घाइतेहरुको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।गम्भीर अवस्थामा रहेका घाइतेहरुमा टोपबहादुर थापा, ईश्वर श्रेष्ठ ,टंक लामा रहेका छन्। २७ अन्य प्रहरी जवानको भने अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए।
गम्भीर अवस्थामा रहेका घाइतेहरुमा टोपबहादुर थापा,ईश्वर श्रेष्ठ ,टंक लामा रहेका छन्। २७ अन्य प्रहरी जवानको भने अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए। तनहुँको धार्मिकस्थल देवघाटमा लागेको मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको नेपाल प्रहरीको गाडी फर्कने क्रममा दासढुङगा पुलपारी घुम्तीमा दुर्घटनामा परेको हो ।
FACEBOOK COMMENTS