अन्जनराज न्यौपाने
तनहुँ, २ माघ -पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिको अवसरमा ७ लाख भक्तजनले स्नान गरेका छन् ।माघे सङ्क्रान्तिबाट ज्योतिषको गणनाअनुसार सूर्य धनु राशिबाट मकर राशिमा गएको र पद्मपुराणका अनुसार सूर्य मकर राशिमा गएको बेला देवघाटमा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने र पितृहरु खुसी भै बरदान दिने जनविश्वास रहदै आएको छ ।
तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थलमा बुधबार देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी ७ लाख भक्तजनले स्नान गरेको जनार्इएको छ । प्रसिद्ध धाम दामोदरकुण्डबाट बगेर आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएकी त्रिशूली नदीको सङ्म देवघाटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा अति ठुलो मेला लाग्ने गर्छ ।
मेला व्यवस्थापनका लागि समितिले तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा विभिन्न संचार माध्यामका सरोकारवालासँग समन्वय गरेको थियोे । भक्तजनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । यहाँ लाग्ने मेलालाई नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा मानिन्छ । देवघाटधामको तीर्थलाई तीर्थहरुको पनि तीर्थ ‘महातीर्थ’ भन्ने गरिन्छ ।बराहपुराण, स्कन्दपुराण र भागवतमा देवघाटको तीर्थको व्याख्या गरिएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाटमा ऋषि वशिष्ठ, विश्वमित्र, राजा जनक, राम र सीताले समेत तपश्या गरेको पुराणहरुमा उल्लेख छ ।
रामले अश्वमेघ यज्ञ गरेको र सीताले धर्तीमा विलय भएको ठाउँ देवघाटलाई नै मानिन्छ । त्यस्तै पाल्पाका तत्कालीन राजा मणिमुकन्द सेनले देवघाटमै आई तपस्या गरेका थिए । देवघाटमा मणिमुकुन्द सेन उद्यानसमेत रहेको छ। २लाख विदेशी र ५ लाख नेपालीले उक्त धार्मिक स्थलको दर्शन गरिएको अनुमान गरिएको छ।उक्त धार्मिक एब्म् पौराणिक मान्यता बोकेको स्थानमा स्नानगर्न भनेर भारतका विभिन्न स्थानहरु बाट दुई हेलिकप्टरमा साधुमहाराजहरुको आगमन भएको थियोे जसमा भारतबाट आएका १००८ स्वामीकालीदास कृण्णानन्द स्वामीमहाराज र १०८ केदारनाथ बाबाका साथमा आएका विभिन्न शक्ति पिठका पिठाधिस,सन्त,महन्त,गाधिपतिहरुको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायबउपरीक्षक लिलाराज लामिछाने, जिल्ला ट्राफिक प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीको कमाण्डमा खटिएको टोलिले व्यापक सुरक्षा प्रदान गरेको थियोे ।
देवघाट स्नानकालागि आएका श्र्दालु भक्तजनहरुकालागि व्यापक सुरक्षा ब्यबस्था कडा पारिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ। समितिका अनुसार स्नान गर्न मङ्गलबार रातिदेखि नै भक्तजनको आगमन शुरु भएको थियो । समितिका अध्यक्ष शिवराज पौडेलले भारतीय भक्तजन दुईवटा हेलिकोप्टर लिएर देवघाट आइपुगेका जानकारी दिए । धार्मिक एब्म् पर्यटकीय पवित्र तिर्थ स्थल “देवघाटको महत्व र गरिमालाई मध्येनजर राख्दै देश तथा विदेशबाट आएका भक्तजनले मेला भरेका छन्”, पौडेलले भने, “करीब ७ लाख भक्तजन देवघाट आएको अनुमान गरिएको छ ।” उक्त स्थानको दर्शन गर्न विभिन्न मन्त्रीहरु पुर्व प्रधानमन्त्री समेतको आगमन रहेको थियोे ।दामोदरकुण्डबाट बगेर आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएकी त्रिशूली नदीको सङ्म देवघाटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा मेला लाग्ने गर्छ । मेला व्यवस्थापनका लागि समितिले तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालासँग समन्वय गरेको थियो ।
भक्तजनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । यहाँ लाग्ने मेलालाई नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा मानिन्छ । देवघाटधामको तीर्थलाई तीर्थहरुको पनि तीर्थ ‘महातीर्थ’ भन्ने गरिन्छ । भनिन्छ परापुर्वकालमा भगवान ब्राह्म,विष्णु ,महेश, ब्यास,कौडिन्य,कस्यप,वाल्मीकि,राजा जनक हरिश्चन्द्रलगाएत भगवान श्रीकृष्ण समेत स्नानकालागि आएका थिए भन्ने विश्वास गरिएको छ।पौराणिक हिन्दुग्रन्थ गीता, रामायण ,महाभारत , श्री स्वस्थानी कथा लगाएतका पुस्तकहरुमा स( प्रमाण उलेखगरिएको प्राणनाथ अनाथ आश्रम कि गाधिपति विदुसि तारा घिमिरेले बताईन्। उनका अनुसार बराहपुराण, स्कन्दपुराण र भागवतमा देवघाटको तीर्थको व्याख्या गरिएको बताईन्। उनी भन्छिन मोक्ष प्राप्तिकालागि ऋषि वशिष्ठ, विश्वमित्र, विष्णुनारायण , राम र सीताले समेत तपस्या गरेका थिए।
रामले अश्वमेघ यज्ञ गरेको र सीताले धर्तीमा विलय भएको ठाउँ देवघाटलाई नै मानिन्छ । त्यस्तै पाल्पाका तत्कालीन राजा मणिमुकन्द सेनले देवघाटमै आई तपस्या गरेका थिए । देवघाटमा मणिमुकुन्द सेन उद्यान समेत छ । स्नानका लागि आएका भक्तजनहरुकालागि वारपार गर्न सजिलो होस् भनेर काठको दुङ्गा र र्याफ्टिङको ब्यबस्थापन गरिएको थियोे । विगतका समयमा नदीमा फालहालेर धेरैको मृत्यु भएको भन्दै नदी आसपासका जोखिमयुक्त स्थानहरुमा उच्च सतर्कता अपनाउन सुरक्षाका लागि ५ सय बडी सुरक्षा कर्मी तैनाथ रहेका थिए फलस्वरूप कुनै घटना भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायब निरीक्षक लिलाराज लामिछानेले बताए ।
FACEBOOK COMMENTS