काठमाडौं, माघ २४ – शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालिका कारण पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु–भागका १–२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी राति देशका पूर्वी भु–भाग लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भाग सामान्यतया सफा रहनेछ।
FACEBOOK COMMENTS