काठमाडौं, भदौ २२ – देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ सय ९१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार २० जना भेन्टिलेटरमा र १७१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १११ जना आइसियु र १८ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ६ जना आइसियुमा रहेका छन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २४, प्रदेश ५ मा २१ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ३ र सुदुरपश्चिममा १जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
FACEBOOK COMMENTS