काठमाण्डौँ — लगानीकर्ताले वाणिज्य बैंकहरुबाट दैनिक एक अर्ब ३० करोड रुपैयाँ ऋण लिने गरेको पछिल्लो तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा दुई खर्ब ७४ अर्ब ऋण लगानीकर्ताले लिएका छन्।
पोहोर यो अवधिमा दैनिक करिब एक अर्ब रुपैयाँ ऋण लिन्थे।
अघिल्लो आर्थिक वर्ष २०७४/७५ को पहिलो सात महिनामा दुई खर्ब १२ अर्ब रुपैयाँ ऋण उनीहरुले लिएका थिए।
लगानीको वातावरण बन्दै गएकाले ऋणको माग बढेको बैंकरहरुको भनाइ छ।

— नागरीक
