०१ असार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बि।जी।, निवर्तमान अध्यक्ष बद्री पंगेनीसहित अन्य सदस्यहरु नर्भिक अस्पताल पुगी घिमिरेको स्वास्थ्य अवस्था बुझी उनको परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गरिएको हो ।
प्रतिष्ठानको कलाकार कल्याणकारी कोष र ‘कोभिड १९ सहयोग समिति कोष’बाट उक्त रकम सहयोग गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले निशाको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
FACEBOOK COMMENTS