काठमाडौं, भदौ २४ – धादिङ जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार ३ बजेर ४८ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो। यो भूकम्पको सदरमुकामस्थित नीलकण्ठ नगरपालिका नजिकै केन्द्रबिन्दु पाइएको छ।
भूकम्पको धक्का काठमाडौंको पश्चिमी क्षेत्र, गोरखा, नुवाकोटसहितका जिल्लामा महसुस भएको छ। पछिल्लो पटक यही भदौ १९ गते संखुवासभालाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडकै भूकम्प गएको थियो। २०७२ वैशाख १२ को गोरखा भूकम्पपछि नेपालमा लगातार परकम्प र सानातिना भूकम्प महसुस भइरहेको छ।
FACEBOOK COMMENTS