काठमाडौं, भदौ १९ – धादिङको नीलकण्ठ नगरपालिका – १३ मा एक युवकले धारिलो हतियार प्रहार गरी ६४ वर्षीय बृद्धको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार सामान्य विवादमा परियारले गुरुङको हत्या गरेका हुन् ।
हत्या गरिएका युुवकले आत्मसमर्पण गरिसकेकाले उनीमाथि थप अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए । प्रहरीका अनुसार उनि हत्यापछि मृतकको टाउको लिएर प्रहरीको आत्मसपमर्पण गर्न पुगेका थिए ।
FACEBOOK COMMENTS