काठमाडौं, पुस २५ – नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्तालाई पूँजी बजारको विषयमा निःशुल्क तालिम दिने भएको छ ।
बोर्डले एक सूचना जारी गर्दै तालिम लिन इच्छुकले माघा ८ गते भित्र नाम दर्ता गराइसक्नु पर्ने बोर्डले जनाएको छ । बोर्डले सर्वसाधारण लगानीकर्ताहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको बारेमा माघ दोस्रो सातादेखि प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार निःशुल्क प्रशिक्षण कार्यक्रम चलाउने जनाएको छ ।
बोर्डले महिनाको दोस्रो र अन्तिम शुक्रबार १० वटा तालिम दिएको जनाएको छ । तालिम लिँदा १ पटकमा ५० देखि ६० जना सहभागी गराइने बोर्डले जनाएको छ । पहिलो चरणको तालीम लिएकाले दोस्रो चरणको तालिम पनि लिन पाउने बोर्डले जनाएको छ ।
FACEBOOK COMMENTS