काठमाडौं, चैत २ –नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिउँसो भएको भेटवार्ताबारे आफूपक्षीय नेताहरूलाई ब्रिफिङ गर्दैछन् । ब्रिफिङका लागि नेता कार्यकर्तालाई अपराह्न ४ बजे बानेश्वरको एक होटलमा बोलाइएको छ ।
अध्यक्ष ओली पक्षसँग मध्याह्न पार्टी कार्यालयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको थिएन ।ओली पक्षले भने फागुन २८ गतेको निर्णयबारे आगामी केन्द्रीय कमिटी बैठकमा छलफल गर्न सकिने बताएको थियो ।ओली पक्षले चैत्र ४ र ५ गतेका लागि बोलाइएको कार्यकर्ता भेला स्थगित गर्न माग गरेको छ ।
FACEBOOK COMMENTS