काठमाडौं, वैशाख ८ – धुर्मुस सुन्तली फाउन्डेसनले चीतवनमा बनाइरहेको अन्तर्राष्ट्रिय रंगशालामा रोयल पेन्ट्सले रंग लगाउने भएको छ । बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भरतपुरमै रहेको रोयल पेन्ट्सले रंग लगाउने भएको हो ।
फाउण्डेसन र पेट्सबीच मंगलबार एक कार्यक्रमकाबीच रंगशालामा रंग लगाउने सहमती बनेको छ । कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले बन्दै गरेको रङ्गशालाले चितवनको समग्र आर्थिक अवस्थामा ठूलो टेवा पुग्ने बताए ।
रोयल पेन्ट्सका सञ्चालक परमेश्वर भण्डारीले रङ्गशालाले सम्पूर्ण खेल प्रेमी नेपालीमा आशा पलाएको र धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको क्रिकेट रङ्गशालासँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए ।
निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले आफ्ना उत्पादन प्रयोग गर्दै गर्दा आफुहरुलाई थप उत्साह थपेको पनि उनले बताए ।
FACEBOOK COMMENTS